Breaking News

यी स्थानहरुमा हुँदैछ चितवनमा कांग्रेसको अधिवेशन

Banner

चितवन, कात्तिक २७–

नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत यही मंसिर १० गते हुने जिल्ला अधिबेशन प्रदेश र क्षेत्रीय अधिबेशनका लागि स्थान तय गरेको छ ।
शनिबार बसको काँग्रेस जिल्ला कार्यसमिति, नगर सभापति, प्रदेश सभापति, क्षेत्रीय सभापति र निर्वाचन अधिकृत सहितको बैठले प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्लाको अधिबेशन स्थल तय गरेको हो ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले १४ औं महाधिबेशन अन्तर्गत जिल्ला अधिबेशनका लागि वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको अडिटेरीयम हललाई तय गरेको छ । काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्रका लागि क्षेत्र नम्बर १(क)का लागि खैरहनी नगरपालिका वडा नम्बर ९ मा रहेको पुन समाजको भवन, १ (ख)का लागि होटल सेभेन स्टार, २ (क)का लागि उद्योग वाणिज्य संघ चितवन, २ (ख)का लागि भरतपुर महानगरपालिका वडा नम्बर ४ यज्ञपुरीमा रहेको संगोल पार्टी प्यालेस, ३(क)का लागि शहिदस्मृति कलेज शारदानगर, ३(ख)का लागि सत्कार पार्टीप्यालेस पार्बतीपूर तय गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र अन्तर्गतको निर्वाचन मंसिर ३ गते हुँदै छ ।

यस्तै संघीय निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ६ गते हुने जोशीले जानकारी दिनुभयो । मंसिर ६ गते हुने निर्वाचनका लागि क्षेत्र नम्बर १ का लागि होटल स्टार बैंङक्वेट टाँडी, २ का लागि उद्योग वाणिज्य संघ चितवन र ३ का लागि शहिदस्मृति कलेज शारदानगर तोकिएको छ । बैठकले जिल्लामा हुने सबै अधिबेशनलाई शान्त, र भड्किलो नगर्न सबैमा आग्रह गरेको छ । बैठकमा तीनै तहको निर्वाचनका लागि एक दिन अघि मनोेनयन दर्ता गर्नका लागि आव्हान समेत गरेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन तालिका भने निर्वाचन समितिले जारी गर्ने छ । जिल्लामा हुने निर्वाचनका लागि यस अघि सम्पन्न वडा अधिबेशनबाट निर्वाचित २ हजार ८ सय भन्दा बढी क्षेत्रीय प्रतिनिधिहरु सहभागी हुने काँग्रेस चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>