Breaking News

प्रचण्ड निकट बाम बुद्धिजिवी प्रेम रिमालले माओवादी केन्द्र परित्याग गरे

Banner

चितवन,कात्तिक २७-

चितवनका बाम बुद्धिजिवी प्रेम रिमालले माओवादी केन्द्र परित्याग गरेका छन । आज (शनिवार) फेसबुकमा स्टाटस लेखेर उनले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनि पछिल्लो समय माओवादी केन्दमा आबद्ध थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने उनि पेशाले शिक्षक हुन । चितवनमा रिमालले स्कूल संचालन गरिरहेका छन ।

प्रचण्डलाई निर्वाचनमा विजयी गराउन उनकै नेतृत्वमा बुद्धिजिवीहरुले अभियान संचालन गरेका थिए । रिमालले प्रचण्डको पक्षमा विभिन्न क्षेत्रमा भाषण समेत गर्दै हिडेका थिए । तर पार्टीमा दार्शनिक, राजनीतिक र सांस्कृतिक रुपमा बिचलन आएका कारण परित्याग गरेको बताएका छन ।

‘म निष्ठावानका साथ जिवन विताइरहेको मान्छे हु, म आजिवन कम्युनिष्ट विचार बोकेर हिड्ने मानिस हुँ,तर आजदेखि कुनैपनि पार्टीमा आवद्ध छैन’,उनले भने । नेपालका कम्युनिष्ट पार्टीले न्यूनतम आचरण पनि पालना नगरेको उनको आरोप छ । उनले माआवादी केन्द्र परित्याग गर्नुको अर्थ एमाले वा काँग्रेस प्रवेश गर्छ भनेर नबुझ्न अनुरोध गरे । उनले आफु जिवनभर कम्युनिष्ट रहने समेत उद्घोष गरेका छन ।

१० बर्ष जनयुद्ध लडेको पार्टी माओवादीले समेत जनताका मुद्धा र कम्युनिष्टको विचार परित्याग गरेको उनको भनाई छ । उनले जनताको पक्षमा हुने आन्दोलनमा यसअघि पनि नेतृत्वदायी भूमिका खेलेको र आगामी दिनमा पनि जारी राख्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>