खेलकुद
भरतपुरमा प्रथम एलटिके पौडी प्रतियोगिता सुरु, पहिलो दिन ११ विधामा स्पर्धा

चितवन, कात्तिक २७–
भरतपुरमा राष्ट्रव्यापी विद्यालय स्तरीय प्रथम एलटिके पौडी प्रतियोगिता सुरु भएको छ ।
पहिलो दिन शनिबार विभिन्न ११ विधामा स्पर्धा भएको छ । ९ देखि १० वर्ष उमेर समूहको २५ मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ स्प्रिङ डेल एकेडेमी नेपालगञ्जका विशेष सिंहले स्वर्ण पदक जित्नु भएको छ । उहाँले उक्त दुरी २३ दशमलव २० सेकेन्डमा पुरा गर्नुभयो । चितवनका शुभान्स राज केसीले रजत पदक हात पार्नुभयो । उहाँले उक्त दुरी ३६ दशमलव ८५ सेकेन्डमा पुरा गर्नुभयो । नेपालगञ्जकै सुशान्त बोहराले कास्य जित्नुभयो । उहाँले उक्त दुरी ४२ दशमलव २० सेकेन्डमा पुरा गर्नुभयो ।
११ देखि १२ वर्ष उमेर समूहको ५० मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ काठमाडौंका जोर्डन श्रेष्ठ स्वर्ण पदक जित्नुभयो । उहाँले उक्त दुरी १ दशमलव ०४ सेकेन्डमा पुरा गर्नुभयो । नेपालगञ्जका दिवसले उक्त दुरी एक मिनेट ४ दशमलव ८१ सेकेन्डमा पुरा गर्दै रजत पदक हात पार्नुभयो । १३–१४ वर्षको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा काठमाडौंका जदेन श्रेष्ठले स्वर्ण जित्नुभयो । उहाँले उक्त दुरी एक मिनेट २३ दशमलव ०४ सेकेन्डमा पुरा गर्नुभयो । काठमाडौंकै अर्थव सिंहले रजत पदक जित्नुभयो । उहाँले उक्त दुरी एक मिनेट ३१ दशमलव ८५ सेकेन्डमा पार गर्नुभयो ।
१५ वर्ष भन्दा माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा काठमाडौंका गौरव लामाले स्वर्ण जित्नुभएको छ । उहाँले उक्त दुरी एक मिनेट १८ दशमलव ४९ सेकेन्डमा पुरा गर्नुभयो । काठमाडौंका यजु महर्जनले रजत तथा नेपालगञ्जका सुमन न्यौपानेले कास्य जित्नुभयो । उक्त दुरी पार गर्न यजुले एक मिनेट ३५ दशमलव ७६ तथा सुमनले एक मिनेट ४९ सेकेन्ड लगाउनुभयो ।
१५ वर्ष माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोक महिलातर्फ काठमाडौंकी परि भण्डारीले स्वर्ण पदक जित्नुभयो । उहाँले उक्त दुरु एक मिनेट एक मिनेट ४९ दशमलव ९९ सेकेन्डमा पुरा गर्नुभयो ।
९–१० वर्षको २५ मिटर फ्लाईमा नेपालगञ्जका सुबाङ बोहोराले स्वर्ण जित्नुभयो । उहाँले उक्त दुरी १९ दशमलव २३ सेकेन्डमा पुरा गर्नुभयो । नेपालगञ्जकै विशेष सिंहले रजत जित्नुभयो । उहाँले उक्त दुरी २० दशमलव ८६ सेकेन्डमा पुरा गर्नुभयो । ११–१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाई पुरुषतर्फ नेपालगञ्जकै अमित रावलले स्वर्ण पदक हात पार्नुभयो । उक्त दुरी उहाँले ३९ दशमलव ७७ सेकेन्डमा पुरा गर्नुभयो । नेपालगञ्जका दिवस रेग्मीले रजतमा चित्त बुझाउनुभयो । उहाँले उक्त दुरी एक मिनेट ०८ दशमलव ९५ सेकेन्डमा पुरा गर्नुभयो ।
११–१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाई महिलातर्फ काठमाडौंकी अश्रेस्ता राईले स्वर्ण जित्नुभयो । उहाँले उक्त दुरी पुरा गर्न ४८ दशमलव ६४ सेकेन्ड लगाउनुभयो । १३–१४ वर्ष उमेर समूहको एक सय मिटर फ्लाईमा काठमाडौंका प्रारम्भ भण्डारीले स्वर्ण हात पार्नुभयो । उहाँले उक्त दुरी एक मिनेट ०९ दशमलव २० सेकेन्डमा पुरा गर्नुभयो । काठमाडौंका अर्थव सिंह र अभ्यान्तर बिक्रम राईले क्रमशः रजत र कास्य जित्नुभयो । अर्थव उक्त दुरी एक मिनेट २८ दशमलव २६ सेकेन्डमा पुरा गर्दा अभ्यान्तरले एक मिनेट ३१ दशमलव ०८ सेकेन्ड लगाउनुभयो ।
यस्तै १५ वर्ष माथिको एक सय मिटर फ्लाईमा काठमाडौंका यजु महर्जन स्वर्ण पदक बन्नुभएको छ । उक्त दुरी पुरा गर्न उहाँले एक मिनेट ३८ दशमलव २६ सेकेन्ड लगाउनुभयो । नेपालगञ्जका सुमन न्यौपानेले उक्त दुरी दुई मिनेट ०३ दशमलव ९५ सेकेन्डमा पार गर्दै रजत जित्नुभयो । ८ वर्ष मुनीको ब्याक स्ट्रोक महिला पुरुष तर्फ काठमाडौंका रचित बुढाथोकीले स्वर्ण जित्नुभयो । उहाँले उक्त दुरी ३८ दशमलव ०४ सेकेन्डमा पुरा गर्नुभयो । काठमाडौंकै म्रिनल श्रेष्ठले रजत तथा मेहान श्रेष्ठले कास्य जित्नुभयो । म्रिनलले ५० दशमलव ७३ सेकेन्ड तथा मेहानले एक मिनेट २५ दशमलव १४ सेकेन्डमा उक्त दुरी पुरा गर्नुभयो ।
भरतपुर महानगरपालिका–६ र १३ देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीको आयोजनामा सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । प्रतियोगितामा ३ देखि १५ वर्ष उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु हुनुहुन्छ ।
























