चितवन विशेष

बेटर चितवनको संयोजकमा भट्टराई

Banner

चितवन, कात्तिक २७–

युवाहरुले नेतृत्व गरेको सामाजिक संस्था बेटर चितवनको वर्ष २०२१/२२ को लागि संयोजकमा समुन्द्र भट्टराई चयन हुनु भएको छ ।

बेटर चितवनको वार्षिकोत्सवको अवसरमा धादिङको सिद्धलेकमा आयोजित दुईदिने बेटर युथ क्याम्पबाट सर्वसम्मत रुपमा भट्टराईलाई संयोजकमा चयन गरिएको हो । यस्तै संस्थाले ३० सदस्यीय नयाँ समिति पनि गठन गरेको छ ।

सामाजिक कार्यमा सक्रिय संस्था बेटर चितवन छैठौं वर्ष पूरा गरी सातौं वर्ष प्रवेश गरेको छ । ३० सदस्यीय समितिमा १३ सदस्यीय कार्यसमिति र १७ जना साधरण सदस्य रहेको संस्थापक अध्यक्ष सागर कार्कीले जानकारी दिनुभयो । संस्थाका निवर्तमान संयोजक विमोचन आर्चायले नवगठित समितिका संयोजक भट्टराईलाई पदभार हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै निवर्तमान संयोजक आर्चायले कोभिडको समयमा पनि स्वयंसेवकको रूपमा उल्लेखनीय सेवा पु¥याउन सकेको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै नयाँ कार्यसमितिलाई पनि सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै नवगठित समितीका संयोजक भट्टराईले बेटर चितवनको अभियानलाई अझै सशक्त रुपमा अगाडि बढाउने बताउँदै नियमित कार्यक्रमलाई पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>