Breaking News

कांग्रेसको स्थगित महाधिवेशन प्रक्रिया पुन: आजदेखि सुरु

Banner

काठमाडौँ, कात्तिक २७-

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रक्रिया पुन: आजदेखि सुरू हुँदैछन् ।

दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका कारण स्थगित कांग्रेसको महाधिवेशन प्रक्रिया आजदेखि सुरु गर्न लागिएको हो।

क्रियाशील सदस्यता विवाद टुंग्याउन ढिलाइ भएका कारण प्रदेश दुईका आठसहित १३ जिल्लामा वडा अधिवेशन ढिलो गरी सुरु भएको हो ।
त्यस्तै कांग्रेसले आज १० जिल्लामा वडा अधिवेशन गर्द छ । १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेका मध्य पर्सा, सर्लाही र रसुवामा आज अधिवेशन नहुने समितिले जनाएको छ ।

समितिका अनुसार आजडोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा र रौतहटमा वडा अधिवेशन हुँदैछ । त्यस्तै आजनै सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने महाधिवेशनको कार्यतालिकामा उल्लेख छ ।

५१ जिल्लाहरुमा वडा र स्थानीय तहको अधिवेशन कांग्रेसले सम्पन्न गरिसकेको छ। हिमालका १३ जिल्लाहरुमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व पनि आइसकेका छन्।

त्यस्तै कांग्रेसको १४ औं महाधिवेशन महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>