Breaking News

विप्लवलाई आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आतुर छुः प्रचण्ड

Banner

काठमाडौं,कात्तिक २६-

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पनि आफ्नो पार्टीमा प्रवेश गराउन प्रतिक्षारत रहेको बताएका छन्। आज शुक्रबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विप्लवलाई पनि आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आफू आतुर रहेको बताएका हुन्।

‘म छिट्टै अरू साथीहरूलाई, छिट्टै विप्लवजीहरूलाई पनि यहाँ हात मिलाउने, अंकमाल गर्ने दिनको प्रतीक्षामा छु,’ प्रचण्डले भने। विप्लव जनयुद्धकालका प्रचण्डका सहयात्री हुन्। अहिले उनी नेपाल कम्युनिस्ट पार्टीका महासचिव छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>