Breaking News

एमाले महाधिवेशनले चितवनका आर्थिक र पर्यटकीय गतिबिधि बढ्छ : प्रदिप ज्ञवाली

Banner

चितवन, कार्तिक २५ –
नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले नेकपा एमालेको महाधिवेश चितवनमा हुँदा यहाँको आर्थिक र पर्यटकीय गतिबिधि बढ्ने बताएका छन् ।

आज महाधिवेशनको उद्घाटनसत्र हुने नारायणी नदी किनारको स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको केन्द्रबिन्दु र महत्वपूर्ण पर्यटकीय गन्तव्य चितवनलाई महाधिवेशन स्थलको रुपमा छनोट गरेको बताए ।

उनले भने, ‘धेरै सोच बिचार गरेर चितवनलाई छनोट गरेका हौं । नारायणी किनार आफै रमणीय र पर्यटकीय क्षेत्र हो ।’ उनले पार्टीका लागि यो ठाउँ साँघुरो भए पनि विकल्प नभएको बताए । देशभर नै सार्वजनिक स्थलको अभाव रहेको भन्दै उनले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

राजधानी बाहिर ठूला सार्वजनिक कार्यक्रम गर्दा पूर्वाधारको अभाव हुने गरेको उनले बताए । नारायणी नदी किनारको प्राविधिक जाँच र आवश्यक संरचनाको डिजाइन भइरहेको भन्दै उनले बन्दसत्र हुने सौराहमा पनि केही नयाँ व्यवस्थापनका कामहरु हुने जानकारी दिए ।

अर्काे प्रसंगमा बोल्दै नेता ज्ञवालीले आगामी महाधिवेशनमा आफ्नो उम्मेद्वारी के हुन्छ भन्ने स्पष्ट नभए पनि पार्टी नेता कार्यकर्ताका सद्भावले बढुवा हुने अपेक्षा राखेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>