Breaking News

यो सरकारले कुनै राम्रो काम गर्ला भन्ने आशै छैन : इश्वर पोखरेल

Banner

चितवन, कार्तिक २५ –

नेकपा एमालेका महासचिव इश्व पोखरेलले वर्तमान सरकारले राम्रो काम गर्ला भन्ने कुनै आश नरहेको बताएका छन् ।

आज बिहीबार एमाले महाधिवेशन स्थल अवलोकनका लागि चितवनका आएका महासचिव पोखरेलले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

वर्तमान सरकारबाट कुनै अपेक्षा नभएकाले पनि राम्रो काम नहुँदा अचम्म नलागेको बताए । उनले भने ‘यो सरकार जुन धरातलमा बनेको छ, यसले कुनै काम गर्ला भन्ने आशै थिएन । त्यसैले राम्रो काम नगर्दा पनि अचम्म लाग्दैन ।’

पोखरेलले पार्टीभित्र १० बुँदे सहमति आधारभूतरुपमा कार्यान्वयन भइसकेको र केही ठाउँमा विवाद भए स्थानीय स्तरबाटै टुंगो लगाउने बताए । उनले पार्टीको महाधिवेशनको तयारीका कामहरु ध्माधम अघि बढेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>