Breaking News
प्रधानन्यायाधीश जबराको राजीनामा माग, उपत्यकाका सबै अदालतमा वकिलहरूको धर्ना
०

काठमाडौँ, कात्तिक २५-
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलित भएका वकिलहरूले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिने भएका छन् ।
यसअघि सर्वोच्च अदालत र बार एसोसियसनको केन्द्रीय कार्यालय परिसरमा मात्रै कालोपट्टि बाँधेर आन्दोलन गरिरहेको बारले आज बिहान १० देखि १२ बजेसम्म उपत्यकाका सबै अदालत र न्यायाधिकरणमा विरोध प्रदर्शन गर्ने भएको हो।
बारले प्रधानन्यायाधीशलाई राजीनामा दिन अल्टिमेटम दिए पनि उनले राजीनामा नदिएपछि आन्दोलन रोकिएको छैन । त्यस्तै बारले तिहार बिदा सकिने बित्तिकै दोस्रो चरण अन्तर्गत थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























