Breaking News
रोमाञ्चक खेलमा इङल्याण्डलाई हराउँदै न्यूजील्याण्ड टि–२० विश्वकपको फाइनलमा

काठमाडौँ, कात्तिक २४–
रोमाञ्चक खेलमा इङल्याण्डलाई पराजित गर्दै न्यूजील्याण्ड युएइमा जारी आइसीसी टि–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति अबुधाबीमा भएको पहिलो सेमीफाइनलमा इङल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्यूजील्याण्ड फाइनलमा प्रवेश गरेको हो ।
१६७ रनको लक्ष्य पछ्याएको न्यूजील्याण्ड ६ बल बाँकी छदै ५ विकेटको क्षतिमा १६७ रन बनायो । न्यूजील्याण्डको जितमा डेरिल मिचेल नायक बने । उनले ४८ बलमा ७३ रनमा अविजित रहे । उनले ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै डेभन कन्वेले ३८ बलमा ४६ रन बनाए । उनले ५ चौका र एक छक्का प्रहार गरे । जेम्स निशम १० बलमा २६ रन बनाए । उनले ३ छक्का र एक चौका प्रहार गरे । मार्टिन गुप्टिलले ४, कप्तान केन विलियमसनले ५ र ग्लेन फिलिप्स २ रन बनाए ।
इङल्याण्डका लागि क्रिस वोक्स र लियाम लिभिङस्टोनले समान २/२ विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको इङल्याण्डले ४ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । उसका लागि मोइन अली ५१ रनमा अविजित रहे । उनले ३ चौका र २ छक्का प्रहार गरे । कप्तान इयोन मोर्गन ४ रनमा अविजित रहे । डेविड मलानले ३० बलमा ४१ रन बनाए । उनले ४ चौका र एक छक्का प्रहार गरे । जोस बटलरले २४ बलमा २९ रन बनाए । उनले ४ चौका प्रहार गरे । लियाम लिभिङस्टोनले १० बलमा १७ रन बनाए भने जोनी बेयरस्टो १७ बलमा १३ रन बनाएर आउट भए ।
इङल्याण्डका लागि टिम साउथी, एडम मिल्ने, ईश सोधी र जेम्स निशमले समान एक/एक विकेट लिए ।
























