Breaking News

एमाले माडी नगर अध्यक्षमा नारायणप्रसाद अधिकारी,सचिवमा श्रीप्रसाद दवाडी

Banner

चितवन,कात्तिक २४-

नेकपा (एमाले) माडी नगर कमिटीको अध्यक्षमा नारायणप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । अधिवेशनले अधिकारको अध्यक्षतामा ७१ सदस्यीय माडी नगर कमिटी निर्वाचित गरेको नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवम् माडी नगर अधिवेशन सहजीकरण कार्यदलका संयोजक सरस्वती बिष्टले दिएको जानकारी दिनुभयो ।

नगर कमिटीको उपाध्यक्षमा रामेश्वर चौधरी र सचिवमा श्रीप्रसाद दवाडी निर्वाचित हुनुभएको छ भने उपसचिवमा पूर्णकला सुनार र मोहदत्त काफ्ले निर्वाचित हुनुभएको छ । निर्वाचित नगर कमिटीलाई २६ गते शुक्रबार सपथ गराउने कार्यक्रम रहेको संयोजक बिष्टले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>