Breaking News

चुनावमा पाँच दल मिलेर भएपनि केपी ओलीलाई पत्तासाफ बनाउँछौंः माधव नेपाल

Banner

डडेलधुरा,कार्तिक २४-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका छन् । बुधबार आयोजित पार्टीको कार्यक्रममा नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको दाबी गरे।

‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ,’ नेपालले भने, ‘तर के गर्ने त्यही अहिले सूर्य चिन्हमा ग्रहण लागेको छ । अहिले हामी कलम लिएर अघि बढेका छौं । अब जनताले चिन्ने छन् न्यायको पक्षमा उभिने कलम नै हो ।’ पाँच पार्टीको गठबन्धन बनेको भन्दै नेपालले आउने चुनावमा ‘केपी ओली ’ पत्तासाफ हुने दाबीसमेत गरे । ‘आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं, केपी गुटको पत्तासाफ हुने छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>