Breaking News

कालापानी र लिपुलेकमा जनगणना गर्न भारतले मानेन, अनुमानका आधारमा रिपोर्ट निकालिने

Banner

काठमाडौं,कार्तिक २४-

भारतले मिच्दै आएको दार्चुलास्थित कालापानी, लिपुलेक र लिम्पियाधुरामा यो पटक जनगणना नहुने पक्का भएको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार पत्रकार सम्मेलन गरेर भारतले मिचेका ती भूमिमा भौतिक रुपमा जनगणना गर्न कठिन रहेको जनाएको छ।

विभागले बिहीबारदेखि हुने जनगणनामा ती नेपाली भूमिको जनसंख्या अनुमानका आधारमा निकाल्ने तयारी गरेको छ। विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले ती भूगोलको जनसंख्या गन्न भारतसँग अझै पनि कूटनीतिक पहल भइरहेको बताएका छन्।

कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणनाका लागि भारतसँग कूटनीतिक पहल भइरहेको छ, महानिर्देशक श्रेष्ठले भने, यदि भारतले मानेन भने अनुमानका आधारमा त्यहाँको जनसंख्याको विवरण रिपोर्ट निकाल्छौँ। केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय जनगणना अभियान चलाउने गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>