Breaking News

धनुषामा बस दुर्घटना, कसरी लाग्यो पल्टेको बसमा आगो ?

Banner

काठमाडौँ, कात्तिक २४-

पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका – ६ मालटोलस्थित आज बिहान ७ः४५ बजे अनियन्त्रित भएर सडक छेउमा पल्टेको थियो ।

बस तुलसीपुर दाङबाट विराटनगरतर्फ जाँदै गरको प्रहरीले बताएको हो । बस अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

प्रहरी निरीक्षक सुवेदीका अनुसार सडकबाट बस पल्टेपछि तेलको ट्यांकी फुटेर आगो लागेको हुन सक्ने अनुमान छ।

बसमा लागेको आगो ढल्केबरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको प्रहरी निरीक्षक सुवेदीले बताए । त्यस्तै आगोमा परेर अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार उक्त बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएका छन् । घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक रहेका थिए ।

घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक निजी स्वास्थय उपचार केन्द्रमा, दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । केहिको अवस्था मध्यम र केहिको समान्य रहेको प्रहरी निरीक्षक सुवेदीले बताए।

त्यस्तै घटना भए लगत्तै चालक र सहचालक फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>