Breaking News

यसवर्ष धार्मिकस्थल बूढानीलकण्ठमा एकादशी मेला लाग्ने

Banner

काठमाडौँ, कात्तिक २४-

उपत्यकाको महत्वपूर्ण धार्मिकस्थल बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने भएको छ ।

कात्तिक २७ देखि मङ्सिर ३ गतेसम्म हुने सो मेलाको तयारी र व्यवस्थापनका लागि उपसमिति गठन गरिएको बूढानीलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्काले बताउनुभयो ।

शिवपुरी र खप्तड बाबाले तप गरेको पावन शिवपुरी पर्वत शृङ्खलाको काखमा रहेको पवित्र बूढानीलकण्ठ मन्दिरमा हरेक वर्ष लाग्ने गरेको सो मेला कोरोना महामारीको कारण रोकिएको थियो । खड्काले भन्नुभयो,“हामीले मेलाको लागि सबै प्रकारको तयारी गर्न समितिमार्फत सम्पूर्णकार्य अगाडि बढाइसकेका छौ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>