Breaking News
एमाले सुदूरपश्चिम कमिटीले बोलाएको बैठक अवैधः भीम रावल
०

काठमाडौं,कार्तिक २३-
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने भनिएको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उपाध्यक्ष रावलले उक्त बैठकका निर्णयहरू समेत अवैध र अमान्य रहेको बताएका हुन् । उनी लेख्छन्, ‘आज हुने भनिएको कथित सुप प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुटबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्। अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’
यस्तै उपाध्यक्ष रावलले उक्त कार्य गुटबन्दीको नमूना रहेको पनि उल्लेख गरेका छन् । रावलले आज हुने बैठक १० बुँदे सहमति विपरीत रहेको बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























