Breaking News
प्रधान सेनापति शर्मा भारत प्रस्थान,भारतीय सेनाले मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने
०

काठमाडौं,कार्तिक २३-
प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्ली प्रस्थान गरेका हुन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भ्रमणका लागि भारत गएका नेपाली सेनाले जनाएको छ। प्रधान सेनापतिको टोली ९ सदस्यीय छ।
भारत प्रस्थान गर्नुअघि प्रधानसेनापति शर्मालाई सेनाको एक टुकडीले सोमबारै बिदाइ सम्मान गारत प्रदान गरेको थियो। भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























