मकवानपुर

मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

Banner

मकवानपुर,कार्तिक २३-

हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नंको मोटरसाइकललाई ना ७ ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु भएका मोटरसाइकल चालककोे सनाखतका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभएको छ । उहाँका अनुसार ठक्कर दिने ट्रक चालक फरार भएकाले निजको खोजतलास भइरहेको छ । मृतक पुरुषको उमेर अन्दाजी ३०/३२ वर्ष रहेको अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>