Breaking News
दाङमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु
०
दाङ, २१ कात्तिक –
सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नं को यात्रुबाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका पाँच र घटनास्थमै दुई बालबालिका गरी सात जनाको मृत्यु भएको हो ।
बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ। बस सडकबाट २०० मिटर तल खसेको बताइएको छ । अहिले पनि उद्धार जारी रहेको र मृतकका सनाखत हुन जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकीे छ । (रासस)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























