Breaking News

चितवनमा पत्रकारले लगाइदिए प्रहरी र सडक मानवलाई भाइटिका, देउसीभैलो अभियान जारी

Banner

चितवन, कार्तिक २१ –
चितवनका युवा पत्रकारहरु मिलेर नेपाल प्रहरी र सडक मानवहरुलाई भाइटिका लगाइदिएका छन् ।

तिहारका अवसरमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिरहेका युवा पत्रकारहरुको टोलीले भाइटिकाका दिन सडकमा खटिएका प्रहरी र बेवारिसे अवस्थामा रहेका सडक मानवहरुलाई टिका लगाइदिएका हुन् ।

नारायणगढको रिङ्गरोड क्षेत्रमा खटिएका प्रहरीलाई भाइटिका लगाइदिइएको पत्रकार रेजिना ढकालले जानकारी दिइन् । तिहारका बेला बिदा नपाएर घर जान नपाएका प्रहरीहरुको सम्मानका लागि टिका लगाउने कार्यक्रम गरिएको पत्रकार ढकालले बताइन् ।

प्रहरीलाई टिका लगाइसकेपश्चात युवा पत्रकारहरुले सडक मानवहरुलाई टिका लगाइदिएका थिए । नारायणी किनार, पुलचोक र कमलनगर क्षेत्रमा भेटिएका सडकमानवहरुलाई खानेकुरासहित भाइटिका लगाइदिएको पत्रकार रविना पौडेलले जानकारी दिइन् ।

चितवनका युवा पत्रकारहरुले देउसीभैला अभियान चलाइरहेका छन् । संस्कृतिको जगेर्ना गर्न सबै आआफ्नो ठाउँबाट लाग्नुपर्छ भन्ने संदेश दिन देउसीभैलो कार्यक्रम आयोजना गरिएको देउसीभैलो अभियानका संयोजक पत्रकार हिरालाल आचार्य ‘डायमण्ड’ ले जानकारी दिए । चितवनका विभिन्न मिडियामा छरिएर रहेका नयाँ पत्रकार, बाहिर रिर्पाेटिङ्गमा नगइ सञ्चारगृहभित्रै (समाचार कक्ष)मा काम गर्ने पत्रकार एवम् रिर्र्पाेटरहरुबीच चिनजान र घुलमिल गराउन देउसीभैलो कार्यक्रमले ठूलो भूमिका खेल्ने विश्वास लिइएको उनको भनाइ छ ।

चितवनमा रहेका सञ्चारगृह एवम् जनप्रतिनिधिहरुको घरमा देउसीभैलो खेल्ने गरी कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । कार्यक्रम आयोजनाको घोषणा ढिला गरी गरिएको र दिनभर खेलिरहन सबै पत्रकारको समय नमिलेको र कतिपय पत्रकारले दिनभरका लागि बिदा नपाएका कारण सबै सञ्चारगृहमा पुग्न नसिकने देखिएको बताउँदै उनले समयले साथ दिएसम्म सबै सञ्चारगृहमा पुग्ने बताएका छन् ।

‘तिहारका दिन पनि कतिपय साथीहरुले बिदा पाउनु भएन । पूरै समय कार्यक्षेत्रमै खटिनुभयो । कतिपय युवासाथीहरु बाहिरी जिल्लाका हुनुहुन्थ्यो । उहाँहरु आफ्नो गाउँ जानुभयो’ पत्रकार आचार्यले भने, ‘बिदा पाएका र भरतपुर क्षेत्रमै रहेका नयाँ युवा पत्रकारहरुमात्र देउसीभैलोमा सहभागी भएका छौं । उहाँहरु पनि कुनै बेला अफिस जानुहन्छ । कुनै बेला देउसीमा आउनु हुन्छ । त्यसैले सबै सञ्चारगृहमा पुग्न सकिएला जस्तो छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>