Breaking News

भरतपुरको बागेश्वरीमा गरियो सामूहिक गौ पूजा

Banner

चितवन, कार्तिक १८ –

भरतपुरको बागेश्वरीमा आज सामूहिक गौ पूजा गरिएको छ । भरतपुर महानगरपालिका एकस्थित देवघाट क्षेत्रमा पर्ने बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ गौ संरक्षण केन्द्रमा गौ पूजन गरिएको हो ।

गौ संरक्षण केन्द्रले वर्षेनी सामूहीक गौ पूजन कार्यक्रमको आयोजना गर्दै आएको छ । बजार क्षेत्रमा गाई पालन नहुने भएपछि गाई पूजा गर्नेहरु बागेश्वरी पुग्ने गरेका छन् ।

पवित्र तिर्थस्थल देवघाटको प्रवेश मार्गमा रहेको केन्द्रमा लोपोन्मुख स्थानीय जातका १ सय ५० गाई संरक्षणका लागि पालिएको छ ।

घरघरमा गाई पाल्न छाडेकाले यसको महत्व ह्रास आउनसक्ने भएकाले सबैलाई जानकारी प्रदान गर्न सामुहिक गौ पूजन कार्यक्रम आयोजना गरिएको गौ संरक्षण केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>