Breaking News
३६ घण्टापछि भरतपुरमा विद्युत आपूर्ति सुरु,ट्रान्सफर्मर मर्मत गर्न रातभर काम

चितवन,कार्तिक १८
चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुरु भएको छ । सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द रहेको थियो । प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकोमा आज बिहान ४ बजेदेखि विद्युत आपूति सुरु भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरणकेन्द्रले जनाएको छ ।
नेपाल विद्युत प्राधिकण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहका अनुसार ट्रान्सफर्मर मर्मतको काम सकेर विद्युत सुरु गरिएको हो । भरतपुरमा औधोगिक फिडर बाहेकका सबै क्षेत्रमा विद्युत सूचारु रहेको उहाँले बताउनुभयो । यसैबीच भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि चितवन पुगेका थिए । तिहारको समयमा बिजुली नबलेपछि सबस्टेसनको अवस्थाबारे जानकारी दिन उनी त्यहाँ पुगेका हुन् ।


























