Breaking News

प्रचण्डलाई ओलीले भनेः चितवन कुरुक्षेत्र होइन, धार्मिक क्षेत्र हुन्छ

Banner

चितवन,कार्तिक १६-

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताएका छन् । आज (मंगलबार) चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा ओलीले चितवनलाई कुरुक्षेत्र बनाउने हिम्मत नगर्न चेतावनी दिनुभयो ।

केही दिनअघि चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन आगामी चुनावमा कुरुक्षेत्र बन्ने बताउनुभएको थियो । ‘कुरुक्षेत्र किन बनाउने ?,’ ओलीले भन्नुभयो, ‘प्रचण्डले पहिलेकै बैस सम्झेर कुरुक्षेत्र बनाउने भनेका होलान् । अब कुरुक्षेत्र होइन, यहाँ धर्मक्षेत्र हुन्छ । विकास, शान्ति र एकताको क्षेत्र हुन्छ ।’ ओलीले प्रचण्डको उक्त भनाइ चितवनमा अयोध्याधाम बन्न लागेर आएको दाबी गर्नुभयो । उहाँले अयोध्याधाम बन्यो भने माडीको विकास हुन्छ भनेर केही मान्छे आत्तिएको बताउनुभयो ।

ओलीले जसले युद्ध चाहन्छ त्यसले हार्ने बताउनुभयो । ‘कुरुक्षेत्रै बनाउन खोजेको हो भने म भन्न चाहन्छु, कौरवहरूले जितेका थिएनन्, पाण्डवहरूले जितेका थिए । जसले युद्ध खोज्छ उसले हार्छ,’ उहाँले भन्नुभयो । ओलीले आफूलाई विकाससँग चासो भएको बताउनुभयो । ओलीले अब माडी क्षेत्रमा पर्यटक बढ्ने समेत बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>