Breaking News

महाधिवेशन गरे पनि नगरे पनि एमालेले चितवनमा जित्छ : अध्यक्ष ओली

Banner

चितवन, कार्तिक १५ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा एमालेलाई चुनाव जित्न महाधिवेशन गर्नु नपर्ने बताएका छन् ।

आज सोमबार भरतपुर महानगरको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमालेले चितवनमा महाधिवेशन गर्नु कुनै ठूलो कुरा नभएको उनले बताए । उनले भने, ‘कुन ठूलो कुरा हो । पहिले हामीले नेपालगन्जमा ग¥यौं, बुटवलमा ग¥यौं, जनकपुरमा ग¥यौं विभिन्न ठाउँमा गरेका छौं । अहिले चितवनमा गर्ने भनेका छौं ।’
उनले चितवनमा एमालेले महाधिवेशन गरे पनि नगरे पनि जित्ने बताए ।

देश बनाउने एकमात्र पार्टी नेकपा एमाले नै रहेको बताउँदै उनले अब जनताले बुझिसकेको बताए । एमाले जित्नका लागि चुनाव लड्ने बताउँदै उनले कसैलाई हराउनका लागि चुनाव नलडिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>