Breaking News

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज राजीनामा दिने

Banner

काठमाडौँ, कात्तिक १५-
बहुमत नपुग्ने भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।
गत भदौ १० गते प्रदेश १ का मुख्यमन्त्री नियुक्त भएका आचार्यको आज विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका भएपनि बहुमत नपुग्ने भएपछि उनले आज राजीनामा दिन लागेक हुन ।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । तर प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् ।

कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय आइतबार नै गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>