Breaking News

एमाले अध्यक्ष ओलीलाई चितवनको मौवा खोलामा स्वागत, सयौं युवा कार्यकर्ताद्वारा स्कटिङ्ग

Banner

चितवन, कार्तिक १५ –

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चितवन र धादिङ्गको सिमानामा पर्ने मौवा खोलामा भव्य स्वागत गरिएको छ ।

काठमाडौंबाट स्थलमार्ग हुँदै भरतपुर आइरहेका अध्यक्ष ओलीलाई चितवन प्रवेश गर्ने बित्तिकै स्वागत गरिएको हो । अध्यक्ष ओलीको स्वागतका लागि चितवनका ठाउँठाउँमा घडा राखिएको छ ।

ओली आज सोमबार जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् ।

यसपछि ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदनआश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनार अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अध्यक्ष ओली नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उद्घाटन गर्न पुग्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>