Breaking News

सैनिक अदालत पठाएको मुद्दा चितवनमै फर्काउन सर्वोच्चको आदेश

Banner

चितवन,कार्तिक १४-

चितवन जिल्ला अदालतले सैनिक अदालत पठाएपछि सैनिक अदालतले २५ वर्ष कैद सजाय सुनाएको मुद्दा पुनः जिल्ला अदालतमा नै फर्कने भएको छ। सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाइ सैनिक अदालतमा गर्नका लागि चितवन जिल्ला अदालतले आदेश गरेको र पाटन उच्च अदालतअन्तर्गत हेटौँडा इजलासले समेत सदर गरेको उक्त मुद्दा पुनः जिल्लामा नै फर्किएको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले जिल्ला र उच्च अदालतको आदेश कार्यान्वयन नगर्न र उक्त मुद्दा पुनः जिल्ला अदालतमा नै फर्काउन आदेश जारी गरेको हो।

नेपालकी सेनाको ‘महेन्द्र दल गण’ शिवपुरीमा कार्यरत जवान गंगाराम ढकालले सोही गणका हुद्दा भरत गुरुङलाई गत साउन ७ मा चितवनको भरतपुर–१७ मा गोली हानी हत्या गरेका थिए। त्यसमा प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा हत्या मुद्दा चलाएको थियो।

सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दालाई सैनिक अदालतमा सुनुवाइ गर्न चितवन जिल्ला अदालतले आदेश दिएको थियो। उक्त आदेशलाई पाटन उच्च अदालतको हेटौँडा इजलासले समेत सदर गरेको थियो। तर सर्वोच्च अदालतले भने उक्त आदेश कार्यान्वयन नगर्न आदेश जारी गरेपछि उक्त मुद्दा पुनः चितवन जिल्ला अदालतमा नै फर्किएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>