Breaking News
भोलि भरतपुरमा बिहान ९ बजेदेखि १ बजेसम्म विद्युत् अवरुद्ध हुने
०

चितवन, १४ कात्तिक ।
भोलि सोमबार भरतपुरमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको केबल जडानका लागि विद्युत् अवरुद्ध हुने भएको हो ।
भरतपुर स्थित १३२/३३/११ बसेनी ग्रिड सवस्टेशनको ३० एमभिएको ट्रान्सफर्मर जलेपछि लोड व्यवस्थापनका लागि अर्को ट्रान्सफर्मरको लागि केबल जोड्न विद्युत् अवरुद्ध गर्न लागिएको भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिँंहले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल फिडर, भरतपुर १, भरतपुर २, गैँडाकोट, कोक, नारायणगढ, भृकुटी, कल्याणपुर र औद्योगिक १, २ फिडरमा विद्युत् अवरुद्ध हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























