Breaking News

म प्रधानमन्त्री बन्दा यस्तो भ्रष्टाचार थिएन,अहिले त भ्रष्ट भइसकेछ हाम्रो देशः माधव नेपाल

Banner

काठमाडौं,कार्तिक १४-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टाचारले बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भ्रष्टाचारले सीमा नै नाघेको उनले दावी गरे । पार्टीनिकट नेपाल समाजवादी इन्जिनियरिङ एशोसिएसनको भेलामा बोल्दै नेपालले देशमा अहिले सर्वत्र भ्रष्टाचार व्याप्त रहेको बताए । नेपालले भने, ‘म प्रधानमन्त्री बन्दा यस्तो भ्रष्टाचार थिएन । अहिले त अहो, कति भ्रष्ट भइसकेछ हाम्रो देश । केपी ओलीको पालमा त भ्रष्टाचारले सीमा नै नाघेछ ।’

उनले थपे, ‘म भ्रष्टाचार पनि गर्दिन र गरेको पनि सहँदिन भन्ने तर भ्रष्टाचारीलाई नै संरक्षण गर्ने । यस्ता गफाडीको हातमा यो देश गयो ।’ पछिल्लोपटक बालुवाटारमा समेत हेलिप्याड बनाइएको भन्दै उनले विरोध जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>