Breaking News

प्रधानन्यायाधीशले विवादकै बीच तोके १२ इजलास

Banner

काठमाडौँ, कात्तिक १४-
आइतबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १२ इजलास तोकेका छन् ।
प्रधानन्यायाधीशले आफूसहितको ४ वटा एकल इजलास र ८ वटा संयुक्त इजलास तोकेको मध्य २४८ थान मुद्दा सुनुवाइका लागि पेश भएका छन्।

प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि सर्वोच्चकै न्यायाधीशहरुले गत मंगलबारदेखि इजलास बहिष्कार गर्दै आन्दोन गरेका छन्। त्यस्तै प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिएर समेत उनीहरुले माग गरेका छन्।

उनीहरुले आइतबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका छन् । यसैक्रममा उनीहरुले हातमा कालो र सेटो पट्टी बाँधेर प्रधानन्यायाधीशविरुद्ध विरोधमा उत्रिएका छन्।
त्यस्तै इजलास तोकिए पनि बस्ने/नबस्ने अन्योल भने कायमै छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>