Breaking News

कार्यवाहक प्रधानमन्त्री खाँणद्वारा पशुपतिमा पूजाअर्चना

Banner

काठमाडौँ, कात्तिक १३-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण आज बिहान पशुपति मन्दिर जानु भई आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ ।

उहाँले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गर्नुभएको हो । सो अवसरमा उहाँले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गर्नुभएको थियो । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उहाँले दर्शन गर्नुभयो ।

दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा गृहमन्त्री खाँणले समय बिताउनुभएको थियो । दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>