Breaking News

भरतपुरमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा शिक्षिकाको मृत्यु

Banner

चितवन, कार्तिक १२

भरतपुरमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक शिक्षिकाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर ५ विकास चोककी सुलोचना ढकाल रहेकी छिन् ।

ना ६० प ९९०७ नम्बरको स्कुटरमा सवार ढकाललाई ब ३ च ४०३८ नम्बरको बोलेरेले आज दिउँसो साँढे दुई बजे कल्याणपुरमा ठक्कर दिएको ट्राफिक कार्यालयले जनाएको छ । ठक्करबाट घाइते भएकी ढकाललाई चितवन मेडिकल कलेज (सिएमसी) ल्याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

ढकाल गुञ्जानगर मावि भरतपुरकी शिक्षिका समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>