Breaking News
महोत्तरीमा बोक्सोको आरोपमा पुरुष माथी हातपात गर्रे एक व्यक्ति प्रकाउ
०

जनकपुरधाम, कात्तिक १२-
महोत्तरीमा स्थानीयहरुले बोक्सोको आरोपमा एक पुरुष माथी कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको छ ।
जिल्लाको औरही नगरपालिकाका-९ निवासी ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई घरमै पुगेर स्थानीयले बोक्साको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको हो ।
महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टका अनुसार ठाकुरको घरमै पुगेर स्थानीय रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका छोरा कृष्ण मण्डलसहितकाले कुटपिट गर्दै मलमूत्र पनि खुवाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
कुटपिटमा संलग्न रामशिला देवीलाई नियन्त्रणमा लिएर थप अनुसनधान भईरहेको डीएसपी बिष्टले बताए । त्यस्तै अन्यको भने खोजी भइरहेको उनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























