Breaking News
विदेशबाट फर्किएका एक पुरुष काठमाडौंमा लुटिएपछि…
०

काठमाडौं, कार्तिक १२ –
विदेशबाट फर्किएका एक पुरुष काठमाडौंमा लुटिएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने ३५ वर्षीय अजयकुमार चौधरी बिहीबार राती लुटिएका हुन् । उनी कतारबाट फर्केका थिए । चौधरीलाई ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ आउँदै गर्दा लुटेका हुन् ।
कतारबाट ल्याएको २५ ग्राम सुन, एउटा मोवाइल र ६ सय कतारी रियाल समेत गरी २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल लुटिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतका अनुसार चौधरी चढेको बा.२ ज १०९५ नम्बरको ट्याक्सीलाई ‘हामी सिआइडी हौं’ भन्दै रोकेर आरोपीहरुले लुटपाट गरेका हुन् । मोटरसाइकलमा आएका ४ जनाले विमानस्थलदेखि नै फलो गरेर उनलाई लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लुटमा संलग्नहरूको खोजबिन भइरहेको प्रहरी प्रवक्ता बस्नेतले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























