Breaking News

चितवनमा प्रचण्डको घोषणाः ‘म चितवन छाड्दिन, यहीँबाट चुनाव लड्छु’

Banner

चितवन, कात्तिक १२–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमनिर्वाचनमा यसपटक पनि चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् ।

पटक–पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आइरहेका प्रचण्ड यसपटक भने लगातार एकै ठाउँमा चुनाव लड्ने घोषणा गरेका हुन् । नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले आज (शुक्रबार) विहान गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूलाई घेराबन्दी पार्ने षड्यन्त्र भइरहे पनि चितवनबाटै निर्वाचन लड्ने उद्घोष गरे । ‘माओवादीलाई परास्त गर्न चौतर्फी घेराबन्दी पार्ने काम भइरहेको छ, जति नै म माथि दवाब बढाए पनि चितवन छाड्दीन, यहीबाट चुनाव लड्छु’–अध्यक्ष प्रचण्डले भने ।

उनले एमालेको महाधिवेशन चितवनमा सारेर आफूमाथि विभिन्न भ्रमहरु छर्ने काम भइरहेको उल्लेख गर्दै भने–‘एमालेको महाधिवेशन चितवनमा हुने भयो, अब प्रचण्ड बर्दिया की त कालिकोट भाग्छन् भन्ने भित्रभित्रै प्रचार गरेछन्, म चितवन छोड्नदिन कोही भ्रमित नहोस् आत्मरित नगरे हुन्छ, म भाग्ने मान्छे होइन ।’ उनले गम्भिर हुँदै भने–‘यो कुरा ओली जिलाई थाहा छ, त्यही भएर मलाई खोज्दै चितवन आएका छन् ।’

अध्यक्ष दाहालले आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने खेल भइरहको भन्दै यसले राष्ट्रलाई नै जोखिम पार्ने बताए । माओवादी पराजित भए राष्ट्र पराजित हुने, गणतन्त्र कमजोर हुने र अन्तिममा ठूलो दुर्घटना हुने प्रचण्डको भनाई थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>