Breaking News
एमालेको चितवन महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने
०

काठमाडौं,कार्तिक ११-
नेकपा (एमाले)को १० औं महाधिवेशन प्रतिनिधि १ हजार ५ सय ३६ जना हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता प्रदीप ज्ञवालीले भुगोलबाट १ हजार १ सय ९६ जना हुने बताए ।
उनले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला आउने र त्यो ३३ प्रतिशत हुने बताए । त्यस्तै ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने ज्ञवालीले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























