खेलकुद

भरतपुरमा कैलाश कप सेभेन ए साइड फुटबल सुरु, सभापति रावलद्धारा उद्घाटन

Banner

चितवन,कार्तिक ११-

कैलाश कप सेभेन ए साइड फुटबल आजदेखि सुरु भएको छ । कैलाश युथ क्लब भरतपुर-११ ले आयोजना गरेको प्रतियोगिताको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिल कुमारी रावल (पार्वती) ले उद्घाटन गरिन् । पहिलो दिन आज चार खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा सर्वश्रेष्ठ नारायणी एफसी बिजयी भएको छ । नारायणीले वनदेवी क्लबलाई २-१ ले पराजित गर्‍यो । नारायणीको जितमा अजय गुरुङ र सागर लामाले गोल गरे । वनदेवीका अमर महतोले एक गोल फर्काए ।

आजको दोस्रो खेलमा दमौली एफसीले राइजिङ स्टार देवघाटलाई टाई ब्रेकरमा पराजित गर्‍यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरबाट लिईएको हो । टाई ब्रेकरमा देवघाट २-१ ले बिजयी भयो । आजै सम्पन्न तेस्रो खेलमा चन्डिभन्ज्याङ एफसी बिजयी भयो । चन्डिभन्ज्याङले आँपटारी एफसीलाई १(० ले पाखा लगायो । चन्डिभन्ज्याङको जितमा प्रवेश लामाले एक मात्र निर्णायक गोल गरे ।

यस्तै आजको अन्तिम खेलमा दासढुङ्गा एफसीले भालुमारा एफसीलाई २-० ले पराजित गर्‍यो । दासढुङ्गालाई जिताउन लक्ष्मण गुरुङ र डम्बर गुरुङले समान एक-एक गोल गरे । बिजयी चारै टोली प्री क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा शुक्रबार पनि चार खेल हुनेछ । शुक्रबार पहिलो खेलमा गडुवा एफसी र एफएफसी दासढुङ्गा भिड्नेछन् भने दोस्रो खेलमा रड्स रामपुर र आयाम युवा क्लब भिड्नेछन् । यस्तै शुक्रबार नै आरआरएफसी हेटौंडाले पञ्चकन्या युथ क्लबको सामना गर्दा लगनशिल युथ गर्दास र नवदुर्गा एफसी कावासोती भिड्नेछन् ।

प्रतियोगितामा चितवन, नवलपरासी र मकवानपुरका बिभिन्न ३२ टोलीको सहभागीता छ । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । दुबै समूहबाट बिजेता टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल १७ गते हुनेछ । प्रतियोगिताको बिजेताले नगद ४२ हजारसहित ट्रफी प्राप्त गर्नेछ । उपबिजेताले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको खेल संयोजक सबिन अधिकारीले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>