Breaking News

१५ दिनमा नै मन्त्री पद त्यागेका चितवनका खनाल फेरि बने बागमती प्रदेशको मन्त्री

Banner

चितवन, कात्तिक ११-

चितवनका प्रदेश सांसद कृष्णप्रसाद खनाल फेरि मन्त्री बनेका छन । यसअघि १५ दिनमा नै सामाजिक विकास मन्त्री पद त्यागेका उनि यसपटक आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हुन । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित उनले पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रमुख यादवचन्द्र शर्मा समक्ष दिउँसो ३ः३० मा सपथ लिएका हुन्।

पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् समेत गठन गरेका छन् । गठबन्धनमा आबद्ध माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल गरी तीन मन्त्रीले पनि सपथ लिएका छन् ।

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएपछि सामाजिक विकास मन्त्री बनेका खनाल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दल दर्ता भएपछि मन्त्री पद त्यागेका थिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमतप्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेको हो ।

खनाल चितवन २ (ख) बाट एमालेको तर्फबाट निर्वाचित सांसद हुन् । खनालले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी दर्ताको क्रममा हेटौंडाबाट राति राति काठमाडौँ पुगेर एकीकृत समाजवादीमा सनाखत गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>