Breaking News
१८ दिनपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित
०

काठमाडौँ, कात्तिक ११-
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ। एमालेको अवरोध पछि १८ दिनका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।
त्यस्तै आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे ।
सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गर्यो ।
त्यस्तै उक्त बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























