Breaking News
चैतभित्र सबै नेपालीलाई कोरोना विरूद्ध नि: शुल्क खोप लगाइने : प्रधानमन्त्री देउवा
०

काठमाडौँ, कात्तिक ११-
खोप खरिद गरेर भए पनि चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा आज भएको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना खोपको अभाव नहुने बताएका छन्।
अनुदानबाट प्राप्त र अपुग हुने खोप खरिद गरेर चैतभित्र सबै नेपालीलाई निस्शुल्क खोप लगाइने उनले बताए । अहिलेसम्म कूल जनसंख्याको ३४ प्रतिशतले पहिलो मात्रामा खोप लगाइसकेका छन् भने दोस्रो मात्राको खोप जम्मा २२ प्रतिशतले मात्रै लगाएका छन्।
सरकारले असोजभित्र कूल जनसंख्याको एकतिहाइलाई खोप लगाइसक्ने भनेको थियो। चीनलगायत विभिन्न देशले अनुदानमा थप खोप दिने भनेका छन्। अपुग हुने खोप खरिद गर्ने तयारी सरकारको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























