Breaking News

काम नसकिएकाले १५ चिनियाँ नागरिकको भिसा शुल्क मिनाहा गर्ने सरकारको निर्णय

Banner

काठमाडौँ, कात्तिक ११-

कोभिड महामारीका कारण काम नसकिएकाले मिनभवनस्थित सिभिल अस्पतालमा कार्यरत १५ चिनियाँ नागरिकको प्रवेशाज्ञा (भिसा) शुल्क मिनाहा गर्ने निर्णय सरकारले गरेको छ ।

सम्झौता बमोजिम उनीहरुको चिनियाँको भिसा, बिलम्ब र नविकरण शुल्क मिनाह गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो।

१५ उनीहरुले तिर्नुपर्ने १६ लाख ८८ हजार ३ सय ९९ रुपैयाँ मन्त्रिपरिषद्ले मिनाहा गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा गृह मन्त्रालयले ती चिनियाँ कामदारहरुको भिसा शुल्क मिनाहा गरी कामदार भिसा दिन निर्णायार्थ मन्त्रिपरिषद्मा पेस गरेको थियो। सरकारले उनीहरुको जरिवाना मिनाहा गरी कामदार भिसा थप गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>