चितवन विशेष

एमाले भरतपुर महानगर कमिटीको सहसचिवमा पौडेलको उम्मेद्वारी घोषणा

Banner

चितवन,कार्तिक ९-

नेकपा (एमाले) भरतपुर महानगर कमिटीको सहसचिव पदमा युवा नेता सुरेश पौडेलले उम्मेद्वारी घोषणा गरेका छन् । पार्टीको विभिन्न तहमा रहेर काम गरेका उनले सहसचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन ।

तनहुँदेखि नै विद्यार्थी आन्दोलनमा होमिएका पौडेल पार्टीमा युवा पुस्ताको नेतृत्व स्थापित हुनुपर्ने भन्दै आफुले उम्मेद्वारी घोषणा गरेका बताए । उनले नयाँ सोच र योजनाका साथ पार्टीको महानगर कमिटीमा आफु उम्मेद्वार बनेको बताए ।

बिदेश अध्ययन गरेर फर्किएका पौडेल विभिन्न व्यापार व्यवसायमा समेत संलग्न छन । भरतपुर महानगर कमिटीको अधिवेशन यही कार्तिक १५ गते हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>