चितवन विशेष

पत्रकार द्वारिका नेपालको स्मृतिमा प्रेस चौतारी चितवनको श्रद्धाञ्जली कार्यक्रम

Banner

चितवन,कात्तिक ८

प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सदस्य स्वर्गीय द्वारिका नेपालको स्मृतिमा प्रेस चौतारी चितवन शाखाले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । आज (सोमबार) नवौं दिनमा उहाँकै निवास भरतपुर–१० रमाइलो चोकमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य देवी ज्ञवालीले चितवनको पत्रकारिता, शिक्षा र साहित्य क्षेत्रमा द्वारिका नेपालले महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँको निधनले अपूर्णनीय क्षति भएको बताउनुभयो । उहाँ कुशल समाचार वाचक भएको भन्दै उहाँको आवाज हरेकको मन मस्तिष्कमा गुन्जिरहेको बताउनुभयो । एमाले चितवनकी अध्यक्ष पार्वती रावलले सञ्चार, साहित्य र शिक्षा क्षेत्रमा द्वारिकाको महत्वपूर्ण योगदान रहेको भन्दै निधनले ठूलो क्षति भएको बताउनुभयो ।

भरतपुर महानगर कमिटी अध्यक्ष राम न्यौपानेले मृत्यु अकल्पनीय भएपनि शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभयो । उहाँको मिलनसारको व्यवहार र मेहनत सबैका लागि प्रेरणा रहेको धारणा राख्नुभयो । प्रेस चौतारीका बागमती प्रदेश कमिटी सहसंयोजक शिशिर सिंखडाले द्वारिकाको निधनले प्रेस चौतारी स्तब्ध भएको भन्दै संगठन सधैँ परिवारको साथमा रहने बताउनुभयो । प्रेस चौतारी चितवन शाखाका अध्यक्ष सुवास पण्डितले चौतारीले कुशल अभिभावक गुमाएको बताउनुभयो । उहाँले स्वर्गीय नेपालको सम्झना रहिरहनेगरी संगठनले काम गर्ने जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहनुभएका स्वर्गीय नेपालका भाइ शालिग्राम नेपालले दुःखको समयमा सँगै रहेको भन्दै प्रेस चौतारी चितवनलाई धन्यवाद ज्ञापन गर्नुभयो । सो अवसरमा नेकपा एमाले नेता पुरुषोत्तम न्यौपाने, प्रेस चौतारीका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, सल्लाहकार, जिल्ला कमिटी र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस्तै प्रेस चौतारी नेपाल चितवन शाखाले स्वर्गीय नेपालको सम्झनामा भरतपुर–१० स्थित कार्यालयमा दीप प्रज्वलन गरेको छ । उहाँको उपचारको क्रममा असोज ३१ गते बिहान काठमाडौंँस्थित ग्राण्डी इन्टरनेशन हस्पिटलमा निधन भएको थियो । प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीका सदस्य, नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य समेत रहनुभएका नेपाल लामो समयदेखि चितवनको कालिका एफएममा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ शिक्षण पेशमा समेत संलग्न हुुनुहुन्थ्यो । स्वर्गीय नेपालको परिचय पत्रकारिता क्षेत्रमा मात्र नभइ साहित्य क्षेत्रमा पनि उत्तिकै छ । उहाँका थुप्रै कृतिहरु प्रकाशित छन् । उहाँ हाल गजल मञ्च चितवनका अध्यक्ष समेत रहनुभएको थियो । स्वर्गीय नेपालको एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

यही असोज २५ गते भरतपुरबाट स्थायी घर रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा बाराको निजगढ नजिकै तामागढी जङ्गलमा पुग्दा बिहान ९ः३० बजे अचानक बेहोस भएर अर्धचेत अवस्थामा पुगेपछि नेपाललाई तत्काल एम्बुलेन्सबाट भरतपुरको चितवन मेडिकल कलेजमा ल्याएर उपचार थालिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत असोज २६ गते काठमाडौँको ग्राण्डी अस्पतालमा पु¥याएर आइसियुमा राखेर उपचार थालिएको थियो । डाक्टरका अनुसार मस्तिष्क घाट भएर नेपालको निधन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>