Breaking News

नयाँबानेश्वर सडकमा देखिएको खाल्डो मर्मत गर्दै सडक विभागका कर्मचारी

Banner

काठमाडौँ, कात्तिक ८ –

सिभिल अस्पताल (नयाँबानेश्वर) को व्यस्त सडकमा खाल्डो परेको छ ।
सानो देखिएको खाल्डोलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले ठूलो खाल्डो परेको हो ।

खाल्डोका कारण हाल सवारी साधनहरु सर्भिस लेनतर्फबाट सन्चालन गरिएको छ । आठ लेन फराकिलो उक्त सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र २.५ मिटरकै साइकल लेन छ ।

दुवैतर्फ चार लेन सडकपछि दुई–दुई मिटरको हरियो बगैंचा निर्माण गरिएको छ । त्यतिबेला यो सडकले देशकै फराकिलो र सुन्दर सडकको रुपमा चर्चित थियो ।

त्यस्तै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा सडक निर्माण गराएको थियो । सडकको निर्माण सम्पन्न भएको एक वर्षमै सडकका बिभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठ्न थालेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>