Breaking News

तास खेलेको भिडियो सार्वजनि, तीन सुरक्षा अधिकारी कारबाहीमा

Banner

सर्लाही, कात्तिक ८-
कार्यालय परिसरमै तास खेलेपछि सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् ।

तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् ।
गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ । त्यस्तै प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ ।
सशस्त्र प्रहरीका अनुसार सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ पनि जिम्मेवारीबाट हटाइएर उनकोको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>