Breaking News

काठमाडौंको सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ

Banner

काठमाडौँ, कात्तिक ८-
आज बिहान ११ जना अफगानी नागरिकहरु काठमाडौंको सिनामंगलबाट पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले जनाएको छ । उनीहरुबाट बरामद भएको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।
त्यस्तै प्रहरीका अनुसार अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर रुपन्देहीको नेपाल–भारत सिमाना बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका थिए ।
उनीहरुलाई आज बिहान सिनामंगलको एक घरबाट सिआईबीले पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>