Breaking News

चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरोधमा माइतीघरमा तीन दिनदेखि प्रदर्शन

Banner

चितवन,कार्तिक ७-

भरतपुर महानगरपालिका–४, चितवनका भीमबहादुर विश्वकर्माको जातीय विभेदका कारण हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा संयुक्त राजनीतिक दलित संघर्ष समितिले तीन दिनदेखि प्रदर्शन गरिरहेको छ ।

घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ । आन्दोलनको बारेमा जानकारी दिँदै अभियन्ता दलमर्दन कामीले न्यायको सुनिश्चितता नभएपछि आन्दोलन गर्नुपरेको बताए । उनले चितवन प्रहरीसँग घटनाबारे जानकारी लिन भिडियो फुटेज माग्दासमेत नपाएको गुनासो पोखे । “प्रहरीले जातीय विभेद होइन भन्छ । अनुसन्धानमाथि कसरी विश्वास गर्ने ?” उनले भने । पूजा गर्न जाँदा दलित भएकै कारण विश्वकर्माको मारिएको पीडित परिवारको भनाइ छ । गत असोज २८ नवमीका दिन मन्दिरमा दुर्गा पूजा गर्न जाँदा स्थानीय सिताराम बस्नेत र दीलिप श्रेष्ठसँग विवाद हुँदा कुटपिट भएपछि उनी गम्भीर घाइते भएका थिए । घाइते विश्वकर्मालाई आरोपित बस्नेत र दीलिपले अस्पताल लैजाँदै गर्दा उनको मृत्युभइसकेको थियो ।

आरोपितलाई चितवन प्रहरीले सोही दिन गिरफ्तार गरी अनुसन्धानका लागि थुनामा राखेको छ । “आरोपित थुनामै छन् । अनुसन्धान भइरहेको छ,” डीएसपी नरहरि अधिकारीले भने । यस्तै, पीडितले जाहेरीमा ज्यानसम्बन्धी कसुर उल्लेख गरेको डीएसपी अधिकारीले जानकारी दिए । “पहिले जाहेरीमा त्यो कुरा छैन । अहिले जातीय विभेदको कुरा आएको छ । त्यो बारेमा पनि हामी अनुसन्धान गर्दैछौँ,” उनले भने ।

मृतकको पोस्टमाटर्म रिपोर्ट आइसकेको छ । तर, प्रहरीले रिपोर्टबारे केही जानकारी दिएको छैन । यता पीडित परिवारले अझै शव बुझेका छैनन् । शव भरतपुर चितवन अनस्पतालमा राखिएको छ । आजै चितवनमा पनि संघर्ष समितिले न्यायको निम्ति भन्दै मोटरसाइकल र्‍याली निकालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>