चितवन विशेष

डिएसएलआर सेवाको मोबाइल एप्लिकेशन पुनः सार्वजनिक, घरघरमै फोटोग्राफी सेवा पाइने

Banner

चितवन, कार्तिक ७ –

डिएसएलआर सेवाले मोबाइल एप्लिकेशन पुन: सार्वजनिक गरेको छ ।

फोटोग्राफीलाई थप प्रविधि मैत्री बनाउन यस अघिकै ‘डिएसएलआर सेवा अनलाइन’ एपलाई स्तरोन्नती गरेर पुनस् सार्वजनिक गरिएको डिएसएलआर सेवाका प्रवन्ध निर्देशक सन्तोष कुँवरले जानकारी दिए ।

डिएसएलआर सेवाले बिगत केही वर्षदेखि फोटोग्राफी सम्बन्धि सेवा दिँदै आएको छ । सेवाले नारायणी नदी किनारबाट ७५ सालदेखि सेवा सुरु गरेको थियो । एक लाखको लगानीबाट सुरु भएको डिएसएलआर सेवाले अहिले करिब १४ लाखको लगानीमा उक्त व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । डिएसएलआर सेवामा अहिले ६ जनाले रोजगारी समेत पाइरहेका छन् ।

नारायणी किनारबाट सुरु भएको व्यवसायिक फोटोग्राफीलाई आफूहरुले विस्तार गर्दै लागेको कुँवरले बताए । अहिले आफूहरुले आफ्नो सेवा चितवन जिल्लामा मात्र सीमित नराखि चितवनको भरतपुरसँगै सौराहा, माडी र बिराटनगरसम्म विस्तार भएको उनले जानकारी दिए ।

प्रविधिको विकाससँगै फोटोग्राफी पेशालाई फरक तरिकाले अघि बढाउनका लागि आफूहरुले गत वर्ष ‘डिएसएलआर सेवा अनलाइन’ नामक आफ्नै मोबाइल एप्लिकेसन सार्वजनिक गरेको बताउँदै उनले उक्त एप्सलाई अहिले परिमार्जित गरी पुनः सार्वजनिक गरिएको उनले बताए ।

उनले भने, ‘बीचमा कोभिड र केही प्राविधिक कारणले एप्लिकेसन केही समयका लागि बन्द गर्नु पर्ने बाध्यता भयो । प्राविधिक समस्याहरु हल गर्दै हामीले हाम्रो मोबाइल एप्लिकेसनलाई अपग्रेड गरेका छौं । यसलाई थप सहज बनाएर फेरी प्लेस्टोरमा राखेका छौं ।’

उक्त एप्समार्फत आफूहरुले घरघरमा सेवा दिँदै आएका आएको उनाको भनाइ छ । सेवाग्राहीले रोजेकै स्थानमा गएर सेवा दिने गरिएको उनले बताए ।

कुँवारका अनुसार उक्त एप्लिकेसन एन्ड्रोएड मोबाइल प्रयोगकर्ताहरुले प्ले स्टोरबाट सजिलै डाउनलोड गरेर सेवा लिन सक्नेछन् । एप्लिकेसनद्वारा सेवाग्राहीहरुले अनलाइनबाट सजिलै फोटोग्राफी सेवा लिन सक्नेछन् । सेवाग्राहीहरुले एपको माध्यमबाट आफूले चाहेको मुल्य, समय, स्थान र क्यामेराबाट सेवा लिन सक्ने छन् । एपमा मूल्यसूचि, उपकरण लगायतका सबै फिचरहरु समावेश रहेको कुँवरले जनाए ।

कुँवरका अनुसार एपको अपग्रेड भर्जनलाई युजर फ्रेण्ड्ली बनाइएको छ । यसलाई फेसबुक र गुगलबाट सजिलै लगइन गर्न सकिने छ । यस अघि एपमा लगइनमा धेरै समस्या भइरहेको भन्ने सेवाग्राहीहरुको गुनासो आएपछि आफूहरुले अपग्रेड गर्दै युजर फ्रेण्ड्ली बनाएको कुँवरको भनाइ छ ।

उक्त एप्सबाट बुक गरेर फोटो खिच्दा प्रति फोटो ३० रुपैयाँ पर्छ । एउटा ग्राहकले बुकिङ गर्दा कम्तिमा १० वटासम्म फोटो खिच्नु पर्नेछ । एपमा चितवनका केही उत्कृष्ट फोटोग्राफी स्थानहरु पनि राखिएको छ । सेवाग्राहीले त्यस बाहेकमा स्थानका लागि पनि बुक गर्न सक्नेछन् । अहिले पहिलो पटक बुक गर्दा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

फोटोसुटका लागि चर्को मुल्य र उत्सव नै हुनुपर्छ भन्ने सोचलाई चिर्न एपले मदत पुग्ने उनको विश्वास छ । ‘फोटोसुट भनेपछि चर्को मूल्य र उत्सव नै हुनुपर्छ भन्ने सोचलाई चिर्दै स–सना क्षणहरुलाई पनि सजिलै र कैद गर्न सकिन्छ भन्ने सन्देश हामीले दिन खोजिरहेका छौं’ उनले भने ।

एपले फोटोग्राफी पेशालाई थप व्यवसायीक बनाउन सहयोग पुग्ने विश्वास रहेको कुँवरले बताए । डिएसएलआर सेवाले यसअघि नारायणी नदी किनारबाट सेवा दिएको थियो । जसलाई सिको गर्दै अहिले २ दर्जन बढी युवाहरुले सोही स्थानबाट सेवा दिँदै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>