Breaking News

चितवनमा देखिसक्यौं, अब कांग्रेसले कसैसँग चुनावी तालमेल गर्दैनः गगन थापा

Banner

चितवन,कार्तिक ७-

नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन नहुने प्रष्टाएका छन्। गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दा कांग्रेसले क्षति बेहोरेको स्मरण गर्दै थापाले चुनावी गठबन्धन बनाउने पार्टीको चरित्र नभएको बताए। ‘एक्लै चुनाव लड्छौं र आफ्नो तागतले लड्छौं’, थापाले धादिङको एक कार्यक्रममा कार्यकर्तालाई भने, ‘हामीले चुनाव नजितेको स्थानमा जित्ने सुर्वण अवसर आएको छ।’

स्थानीय कार्यसमितिले नै तल्लो तहमा गठबन्धन बनाउने सहमति गरिएमा त्यसलाई मान्यता प्राप्त हुनसक्ने उनले बताए। ‘तल्लो तहमा हामी मिलेर चुनाव लड्छौं भन्ने कुरा भयो भने त्यसलाई सदासयताका रुपमा लिने एउटा कुरा हो’, थापाले भने, ‘पार्टीले माथि (केन्द्रमा) चुनावमा गठबन्धन गरेर जाँदैन। चुनावमा गठबन्धन गर्ने कांग्रेसको चरित्र नै होइन। चितवनमा हामीले देखिसक्यौं।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>