Breaking News
एमालेद्वारा प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न माग
०

विराटनगर, कात्तिक ७ –
कात्तिक १५ पछि बैठक राख्न माग गर्दै सत्तारूढ दल नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ ।
प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको कार्यक्रमहरू रहेका बैठक सार्न माग गरेका हुन । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले पनि बैठक रोक्न माग गरेको थियो ।
त्यस्तै कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पनि आज पत्र बुझाएको हो । प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्रीले शुक्रबार सदनमा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल र मत विभाजनका लागि आज साढे १२ बजे बैठक बोलाएका थिए तर दुई पार्टीको निवेदनका कारण बैठक अनिश्चित बनेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























